सोमबार, असार १, २०८३

गेम खेलेर दिन बिताउँदै न्यूरोड–ठमेलका व्यापारी

सबैभन्दा बढी मारमा छन्, चीनबाट सामान ल्याएर बेच्ने व्यापारी। यतिखेर गर्मीका कपडा ल्याएर बेच्न थाल्नुपर्ने हो, तर सामान आएकै छैन।
 |  बिहीबार, चैत ६, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, चैत ६, २०७६

काठमाडौंका न्यूरोड, असन, महाबौद्ध, भोटाहिटी, ठमेल सधैं व्यवस्त रहने बजार क्षेत्र हुन्। नुनदेखि सुनसम्म पाइने यी बजारमा जुनसुकै बेला उपभोक्ताको घुइँचो लाग्छ। व्यापारीलाई भ्याइ नभ्याई हुन्छ।

National life

तर, अहिले भने अवस्था फरक छ। ग्राहक पूरै पातलिएका छन्, व्यापारी फुर्सदमा छन्। कारण अरु केही नभएर कोरोना भाइरसको त्रास नै हो। बुधबार दिउँसो नेपाल समयकर्मी ठमेल पुग्दा धेरैजसो होटल, रेष्टुुरेन्ट, मनी एक्सेन्ज, ह्यान्डीक्राफ्टका पसल, ट्राभल एजेन्सीहरु सुनसान देखिन्थे।

ग्राहक नआउने भएपछि १२ बजेतिरमात्र पसल खोल्ने गरेको व्यापारीहरुले बताए। ‘सटर खोलेर मात्र के गर्नु, ग्राहक आउँदैनन्। मोबाइलमा गेम खेल्ने, फिल्म हेर्ने, पत्रिका पढ्ने यस्तै गरेर दिन बिताउने हो,’ ठमेलको एक ट्राभल एजेन्सी सञ्चालकले भने ।

ठमेलमा ह्याण्डीक्राफ्टको व्यापार गर्दै आएका सरोज मानन्धरले कोरोनाले गर्दा व्यापार चौपट भएको सुनाए। ‘कोरोनाले त व्यापार चौपट बनायो नि ! ५ दिन भयो, बोहनी नै भएको छैन । अझै कति यस्तो अवस्था भोग्नुपर्ने हो थाहा छैन ।’

ह्याण्डीक्राफ्ट महँगो हुने भएकोले पहिल्यैदेखि कम व्यापार हुने त्यसमाथि कोरोनाको त्रासले गर्दा अहिले त शून्यमै झरेको मानन्धरले बताए ।

Shivam cement

ठमेलमै व्यापार गर्ने सकुन्तला देवकोटाको पनि उस्तै छ गुुनासो । ‘एक हप्ता भयो, व्यापार भएको छैन । व्यापार नभएपछि सटरको भाडा कसरी तिर्ने ? यो त व्यापारको सिजन हो, यतिबेला भ्याइनभ्याई हुन्थ्यो हामीलाई । तर हेर्नुस् न हालत यस्तो छ,’ उनले भनिन्।

होटलमा पनि ग्राहक छैनन्। अल्पाइन होटलका सञ्चालक गौतम ढकालले भने, ‘कोरोनाको हल्ला सुरु हुनुअघि २ महिनाको लागि बुकिङ थियो, त्यो सबै रद्द भयो। अहिले त पूरा होटलमा ४ जना पर्यटक छन् । उनीहरु पनि फर्किन टिकट मिलाउँदैछन् । त्यसपछि होटल बन्द गर्नुको विकल्प छैन ।’

गार्मेन्टको व्यापारमा पनि उल्लेख्य कमी भएको व्यापारीहरु बताउँछन् । ग्राहकको अभाव त छँदैछ, निर्यातमा पनि समस्या रहेको उनीहरुले सुनाए।

पर्यटक–ग्राहक घटेपछि रिक्सा चालक र लोडरहरुको आम्दानी पनि सुकेको छ। ठमेल क्षेत्रका करिब ५० जना रिक्साचालकले यात्रु पाएका छैनन्। उनीहरु ग्राहक खोज्दै यताउता रित्ता रिक्सा गुडाइरहेका देखिन्छन्। १० वर्षदेखि ठमेल क्षेत्रमा रिक्सा चलाउँदै आएका आकाश परियारले रिक्सा चढ्ने ग्राहक नहुँदा खर्च धान्न गाह्रो भएको सुनाए।

ठमेलको जस्तै अवस्था छ न्यूरोड क्षेत्रका व्यापारीको पनि। अधिकांश होलसेल र रिटेल पसलमा सामान सकिएको छ। आएका केही ग्राहकलाई देखाउने सामान पनि नभएको व्यापारीहरु गुनासो गर्छन्।

सबैभन्दा बढी मारमा छन्, चीनबाट सामान ल्याएर बेच्ने व्यापारी। ‘यतिखेर गर्मीका कपडा ल्याएर बेच्न थाल्नुपर्ने हो, तर सामान आएकै छैन,’ एक कपडा व्यापारीले भने।

प्रकाशित: Mar 19, 2020| 02:55 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।