बुधबार, चैत ११, २०८२

स्वयंसेवक शिक्षक बन्न १२ हजारकाे आवेदन, वैशाखभित्रै नियुक्ति

१२ हजारभन्दा केही बढीले आवेदन दिएका छन्। यो अनुमानित तथ्यांक हो। यसलाई रुजु गर्न बाँकी छ।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

काठमाडौं– स्वयंसेवक शिक्षकका लागि झन्डै १२ हजार आवेदन परेको छ। सरकारले सामुदायिक विद्यालयमा गणित, अंग्रेजी र विज्ञान विषय पढाउन एक वर्षका लागि स्वयंसेवक परिचालन गर्न लागेको हो।

National life

सम्बन्धित विषयमा स्नातक र स्नातकाेत्तर उत्तीर्ण युवाले दरखास्त दिएका छन्। स्नातकले कक्षा ६ देखि ८ सम्म र स्नातकोत्तरले ९–१२ सम्म पढाउनुपर्नेछ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलियाले झन्डै १२ हजार दरखास्त परेको जानकारी दिए।

महानिर्देशक थपलियाले भने, ‘१२ हजारभन्दा केही बढीले आवेदन दिएका छन्। यो अनुमानित तथ्यांक हो। यसलाई रुजु गर्न बाँकी छ।’
केही दरखास्त भने अंग्रेजी, गणित, विज्ञानबाहेकका पनि परेको केन्द्रले जनाएको छ। त्यस्ता दरखास्तलाई प्रतिस्पर्धामा समेटिने छैन।

केन्द्रले गत १६ गते १० दिनको समय राखेर दरखास्त आह्वान गरेको थियो।

Laxmi sunrise bank
kumari

स्वीकृत आवेदनलाई विषयगत रूपमा एकीकृत सूची तयार पार्दा आवेदकले रोजेको स्थानीय तहमा सिफारिस गरिने महानिर्देशक थपलियाले बताए।

यसरी छनोट गरिएका स्वयंसेवक शिक्षकलाई आगामी वैशाखभित्र विद्यालयमा पठाइने तयारी केन्द्रको छ ।

स्वयंसेवक भनिए पनि उनीहरूले मासिक तलबभत्ता पाउनेछन्।

स्वयंसेवक शिक्षकले सातामा कम्तीमा २४ पिरियड पढाउनुपर्नेछ भने मासिक पारिश्रमिक स्नातक तह उत्तीर्णले २४ हजारदेखि ३० हजार रुपैयाँसम्म र स्नातकोत्तर उत्तीर्णले २६ हजारदेखि ३२ हजार रुपैयाँसम्म पाउनेछन्।

उनीहरूले मासिक एक दिन भैपरी आउने बिदा वा पर्व बिदा पाउने कार्यविधिमा उल्लेख छ।

याे पनि :  स्वयंसेवक शिक्षक भर्ना प्रक्रिया खारेज गर्न माग

केन्द्रले आवेदकमध्येको प्राथमिकताक्रम, विद्यालयको आवश्यकता तथा आवेदकको स्थायी ठेगाना आदिका आधारमा स्वयंसेवकको सूची स्थानीय तह र सम्बन्धित विद्यालयलाई उपलब्ध गराउनेछ।

स्वयंसेवक छनोट गर्दा शैक्षिक योग्यताको आधारमा उच्चतम अंक ल्याउनेलाई प्राथमिकता दिइनेछ। स्थानीय तहको सिफारिसमा स्थानीय विद्यालयले नियुक्तिको सिफारिस गर्नेछ।

गणित, विज्ञान, अंग्रेजीलगायत अन्य प्राविधिक विषयका कारण एसईई नतिजामा अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेपछि सरकारले स्वयंसेवक खटाउन लागेको दाबी गरेकाे छ।

यसका लागि आगामी शैक्षिक सत्रमा ५० कराेड रुपैयाँ बजेट विनियाेजन गरिएकाे शिक्षा मन्त्रालयले जनाएकाे छ।

याे पनि  पढ्नुहाेस् :

स्वयंसेवक शिक्षक कि कार्यकर्ता भर्ती ?

स्वयंसेवक शिक्षकका लागि दरखास्त खुल्यो

अब गणित, अंग्रेजी र विज्ञानमा स्वयंसेवक शिक्षक

प्रकाशित: Mar 10, 2020| 09:12 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्