बुधबार, चैत ११, २०८२

स्वयंसेवक शिक्षक भर्ना प्रक्रिया खारेज गर्न माग

स्वयंसेवक शिक्षक नियुक्ति प्रक्रिया प्रचलित कानुनविपरीत रहेको भन्दै संघले खारेजीको माग गरेको हो।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं–नेपाल शिक्षक संघले स्वयंसेवक शिक्षक भर्ना प्रक्रिया खारेज गर्न माग गरेको छ।

National life

स्वयंसेवक शिक्षक नियुक्ति प्रक्रिया प्रचलित कानुनविपरीत रहेको भन्दै संघले खारेजीको माग गरेको हो।

‘शिक्षक सेवा आयोगमार्फत एकद्वार प्रणालीबाट शिक्षकको प्रबन्ध गर्दै जाने सहमति लत्याउँदै तालिम र लाइसेन्स नै नभएका कार्यकर्ता भर्ती गर्ने अभिप्रयाले ऐन र नियमविपरीत ल्याइएको स्वयंसवेक शिक्षक भर्ना प्रक्रिया खारेज गर्नुपर्दछ’, संघले भनेको छ।

सरकारले सामुदायिक विद्यालयमा गणित, विज्ञान र अंग्रेजी पढाउन करिब १५ सय युवालाई स्वयंसेवक शिक्षकका रूपमा खटाउन विज्ञापन आह्वान गरेको छ।

यो कार्यलाई शिक्षकसँग सरोकार राख्ने संघसंस्थाले आपत्ति जनाएका छन्। करिब ५० करोड खर्च हुने स्वयंसेवक परिचालन गलत रहेको उनीहरूको ठहर छ।

Laxmi sunrise bank
kumari

यसैगरी संघले रिक्त दरबन्दीमा तत्काल नियुक्ति दिनुपरेमा करार सूचीका शिक्षकलाई दिनुपर्ने, तल्लो तहमा कार्यरत योग्यता पुगेका शिक्षकहरूलाई प्रबन्ध गर्नुपर्ने र शिक्षक सेवा आयोगले नियमित परीक्षमार्फत पदपूर्ति गर्नुपर्ने माग गरेको छ।

स्थानीय सरकारले दरबन्दी मिलानका नाममा शैक्षिक संस्थामा आतंक मच्चाउने काम गरिरहेको आरोप लगाउँदै संघले त्यसलाई तत्काल रोक्न माग गरेको छ।

संघीय शिक्षा ऐनको मस्यौदा संघको सहमति बेगर अर्थ मन्त्रालयमा पठाएको भन्दै संघले आपत्ति जनाएको छ।

‘समयबद्ध बढुवा, अस्थायी सेवा गणना, बाल कक्षा विद्यालय संरचनामा समावेश लगायतका महत्त्वपूर्ण विषय समावेश नगरी अघि बढाइएको प्रस्तावित ऐनमा असहमित रहेको छ’, संघका संघीय कार्यसमिति अध्यक्ष राजेन्द्र पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

याे पनि पढ्नुस् :

स्वयंसेवक शिक्षक कि कार्यकर्ता भर्ती ?

स्वयंसेवक शिक्षकका लागि दरखास्त खुल्यो

अब गणित, अंग्रेजी र विज्ञानमा स्वयंसेवक शिक्षक

प्रकाशित: Mar 04, 2020| 11:51 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्