बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभामुख निर्वाचन आज, 'हत्या आरोपी' उम्मेदवारको आजै अदालतमा पेशी

सभामुख निर्वाचन आज, 'हत्या आरोपी' उम्मेदवारको आजै अदालतमा पेशी

चार महिनादेखि रिक्त रहेको प्रतिनिधि सभाको सभामुखका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनकै दिन एकल उम्मेदवार अग्नि सापकोटालाई पक्राउ गर्न माग गर्दै परेको मुद्दाको आजै सुनुवाइ हुने भएको छ।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौं- चार महिनादेखि रिक्त रहेको प्रतिनिधिसभाको सभामुखका लागि आज निर्वाचन हुँदैछ। सभामुख चयनको प्रक्रिया अगाडि बढाउन अपरान्ह तीन बजे प्रतिनिधिसभाको बैठक डाकिएको छ।

सभामुखमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट स्थायी समिति सदस्य अग्नि सापकोटाको मात्र उम्मेदवारी परेको छ।

एकल उम्मेदवारीका कारण सापकोटा निर्विरोध सभामुखमा निर्वाचित हुने पक्का छ। उनको मात्रै उम्मेदवारी परेपनि नियमावलीअनुसार मतदानबाहेक निर्वाचनको अन्य प्रक्रिया भने पूरा गर्नुपर्नेछ 

यसैबीच, सभामुखका लागि निर्वाचनको तयारी हुँदै गर्दा एकल उम्मेदवार अग्नि सापकोटालाई पक्राउ गर्न माग गर्दै परेको मुद्दाको आजै सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतमा शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । रिटमाथिकाे सुनुवाइ आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासमा हुने भएकाे छ ।

सभामुखका उम्मेदवार सापकोटा हत्या आरोपी भएकाले उनलाई तत्काल पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडि बढाउन रिट निवेदक त्रिपाठीले माग गरेका छन्।

यसैगरी, सापकोटालाई पक्राउ नगर्ने प्रहरी अधिकारीलाई कारवाही गर्न र सापकोटाको विषयमा विशेष छानविन समिति बनाउने आदेश दिन पनि रिटमा माग गरिएको छ।

सापकोटा काभ्रेका अर्जुन लामाको अपहरण तथा हत्याका आरोपी हुन्। यससम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ। मुद्दाको पेसी भने यही माघ २२ गतेका लागि तोकिएको छ।

गत असाेजमा संसद् सचिवालयकै एक कर्मचारीमाथि बलात्कार प्रयासकाे आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए। महरा अहिले पुर्पक्षका लागि डिल्लीबजार जेलमा छन्।

सम्बन्धित समाचारहरू

 

प्रकाशित: Jan 26, 2020| 08:50 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।