सोमबार, चैत २, २०८२

तालिबानी आक्रमणमा प्रहरी प्रमुखसहित चार जनाको मृत्यु

अफगानिस्तानका उत्तरी बाल्ख प्रान्तको एक जिल्लाको सदरमुकाममा बुधबार बिहान तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुख र तीन जना प्रहरी अधिकृत मारिएका छन्।
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

अफगानिस्तान - अफगानिस्तानका उत्तरी बाल्ख प्रान्तको एक जिल्लाको सदरमुकाममा बुधबार बिहान तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुख र तीन जना प्रहरी अधिकृत मारिएका छन्।

National life

स्थानीय प्रान्तीय सरकारका प्रवक्ता मुनिर अहमद फरहादले चहर बोलाक जिल्लाका प्रहरी प्रमुख मेजर कलाउमुद्दीनको हत्या भएको जानकारी दिए। फरहादका अनुसार तालिबान समूहले सदरमुकामका विभिन्न स्थानबाट बन्दुक र ग्रिनेड सहित बिहान करिब ४ बजे आक्रमण गरेका थिए।

फरहादले तालिबानविरुद्ध सुरक्षाफौजले जवाफी कारबाही गरेको जानकारी दिए। यसक्रममा केही सुरक्षाकर्मी घाइते भएका छन्। अफगान फौजको कारबाहीमा धेरै तालिबान बिद्रोहीको पनि मृत्यु भएको अनुमान गरिएको छ।

सामान्यतया शान्तिपूर्ण रहेको उत्तरी विकट हिमाली यस प्रान्तमा पछिल्लो समय तालिबान आक्रमण बढेको छ। खासगरी अफगान सुरक्षाफौजले विद्रोही विरुद्ध कारबाही तिब्र बनाउन थालेपछि हिंसात्मक घटना बढेको अधिकारकर्मीहरुको भनाइ छ।

प्रकाशित: Nov 06, 2019| 12:29 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।