आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एक ईञ्च पनि सीमा मिच्न दिन्नौं : परराष्ट्रमन्त्री ज्ञवाली

एक ईञ्च पनि सीमा मिच्न दिन्नौं : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको एक ईञ्च पनि सीमा मिच्न नदिइने बताएका छन्।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

बैतडी- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको एक ईञ्च पनि सीमा मिच्न नदिइने बताएका छन्।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिकामा बिहीबारदेखि आयोजित ‘राष्ट्रनिर्माण महामहोत्सव’ मा उनले भने, ‘कालापानी हाम्रै हो, यदि भारतको नक्सामा नेपाली भूमि राखिएको हो भने त्यसलाई कूटनीतिक पहलबाट सुल्झाइनेछ। मित्रता आफ्नो ठाउँमा होला तर एक ईञ्च पनि सीमा मिच्न दिइने छैन।’

मन्त्री ज्ञवालीले वर्षौदेखि कुराकानी भइरहेको पञ्चेश्वर परियोजनाको काम अगाडि बढाउने गरी सहमति हुँदै गरेको जानकारी दिए।

उनले भने, ‘पानी आधाआधा हुन्छ, सहमतिमा नै जोड दिएका छौँ।’ भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि भारत सहमति हुन लागेको पनि उनले जानकारी दिए।

मन्त्री ज्ञवालीले भने, ‘भारतका विदेशमन्त्री एस जयशङ्करसँग प्रत्यक्ष भेटघाट गरिसकेका छौँ, कूटनीतिक पहलमा छौँ।’

समग्र बैतडीको औद्योगिक विकासका लागि लोककल्याणकारी ट्रष्ट महाअभियान अन्तर्गत महोत्सवको आयोजना गरिएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताएका छन्।

पञ्चेश्वर गाउँपालिका–३ कुलाउमा सञ्चालन भएको महोत्सव आगामी मङ्सिर २ गते सम्पन्न हुनेछ।

प्रकाशित: Nov 07, 2019| 13:21 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।