मंगलबार, वैशाख ४, २०८१

बिएल मिडियाले ल्यायो ‘ब्राण्ड स्टोरी’

अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रालिले नयाँ ब्राण्डिङ शो सुरु गरेको छ ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं– अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रालिले नयाँ ब्राण्डिङ शो सुरु गरेको छ । ‘ब्राण्ड स्टोरी’ नामक उक्त शोमा नेपाली ब्राण्डको समग्र जीवन कथा भनिने कम्पनीले जनाएको छ ।

triton college

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त शो उद्घाटन गरेका थिए । नेपाल टेलिकमले प्रायोजन गरेको शो उद्घाटन कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, डीआईजी विश्वराज पोखरेल लगायत उपस्थित थिए ।

कार्यक्रममा शो परिकल्पनाकार मुना श्रेष्ठले यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्ने बताइन् । ‘ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा केकस्ता उतारचढाव आए, कसरी त्यसको ब्राण्डिङ गरियो ? यी सबैको उत्तर त्यस कथामा हुनेछ,’ उनले भनिन् ।

नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन र आफ्नो ब्राण्डको बारेमा सबैलाई जानकारी गराउन शो आवश्यक रहेको उनको भनाइ थियो । ‘नेपालकै ब्राण्डिङ त नभएको अवस्थामा यसका कम्पनी र उत्पादनहरूको खासै ब्राण्डिङ नहुनु स्वभाविकै हो । तर, अब नेपाली ब्याण्डको पनि ब्राण्डिङ हुन आवश्यक छ,’ उनले भनिन्।

विज्ञापनकर्मी अभय पाण्डेले हरेक मानिसको आफ्नै कथा भएजस्तै ब्राण्डको पनि कथा हुने बताए । ब्राण्डको कथा रुचीपूर्ण हुने उनले विश्वास व्यक्त गरे । कार्यक्रम बिएल मिडियाको नेपाली संस्करणको वेबसाइटमा प्रशारण हुने बिएल मिडिया इन्कले जनाएको छ ।

corrent noodles
Metro Mart

प्रकाशित: Jan 08, 2020| 13:40 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्