मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गरिबी निवारणमन्त्रीको घोषणा– १० वर्षमा गरिबी निर्मूल हुन्छ

गरिबी निवारणमन्त्रीको घोषणा– १० वर्षमा गरिबी निर्मूल हुन्छ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले सुरक्षित जनता आवास निर्माणका लागि सरकार देशभरका खरका छाना विस्थापित गर्ने अभियानमा लागेको बताएकी छन्।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

स्याङ्जा– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले सुरक्षित जनता आवास निर्माणका लागि सरकार देशभरका खरका छाना विस्थापित गर्ने अभियानमा लागेको बताएकी छन्। खरको छाना विस्थापित गर्ने अभियान अन्तर्गत स्याङ्जाको वालिङमा खरका छाना भएका जनताहरूलाई चेक हस्तान्तरण गर्दै मन्त्री अर्यालले सरकारको प्रमुख मुद्दा गरिबी निवारण भएको बताइन्।

मन्त्री अर्यालले भनिन्, ‘सरकार सन् २०३० सम्ममा नेपालमा गरिबी निर्मूल पार्ने अभियानमा लागेको छ । त्यसैको शुरुआत सुरक्षित जनता आवासका लागि पहिलो किस्ताका ३० हजारको चेक हस्तान्तरण गरेका हौं ।’

जनताको जीवनको सुरक्षाका लागि सरकारले उक्त कार्यक्रम ल्याएको भन्दै मन्त्री अर्यालको नेपालमा १८ प्रतिशत गरिबी रहेको र त्यसको निर्मूल पारिने बताइन्।

खरका छानामा छिटो आगलागी हुने भन्दै यस आर्थिक वर्षमा दुई सय ५० घरपरिवारका खरका छाना विस्थापित गर्ने मन्त्री अर्यालले बताइन्।

प्रकाशित: Jan 05, 2020| 10:34 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।