आइतबार, वैशाख १३, २०८३

गुरुङ समुदायले मनाए ल्होसार (तस्बिरहरु)

देशभरका गुरुङ समुदायले आज (मंगलबार) तमु ल्होसार पर्व धुमधामसँग मनाउँदैछन्।
 |  मंगलबार, पुस १५, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, पुस १५, २०७६

काठमाडौं– देशभरका गुरुङ समुदायले आज (मंगलबार) तमु ल्होसार पर्व धुमधामसँग मनाउँदैछन्। हरेक वर्ष पुस १५ गते तमु ल्होसार मनाइन्छ। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको जानकार बताउँछन्।

National life

यस वर्ष पुस १४ गते राति १२ बजे मृग वर्षबाट मुसा वर्ष सुरु भएको छ। परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका थिए।

जसअनुसार मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग वर्ष नामाकरण गरिएको हो। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ।

kumari

प्रकाशित: Dec 31, 2019| 09:56 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।