मंगलबार, भदौ २, २०८३

चितुवाको आक्रमणबाट तनहुँमा बालकको मृत्यु

चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा एक बालकको मृत्यु भएको छ ।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

तनहुँ- चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २२ महिनाका बालक रविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासि हराएका बालकको शव घरभन्दा एक किमी टाढा रहेको ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार शरीरको ७० प्रतिशतभन्दा बढी भाग चितुवाले खाएको अवस्थामा बालकको शव भेटिएको थियो ।

शुक्लागण्डकी नगरपालिकामा पनि चितुवाले बालकलाई आक्रमण गरेपछि यहाँका स्थानीयवासी त्रसित भएका छन् ।

यस अगाडि तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा छ बालबालिकाको मृत्यु भएको थियो ।

यसैबीच डिभिजन वन कार्यालय तनहुँले सोमबार नै पीडित परिवारलाई किरिया खर्चवापत रु ५० हजार राहत उपलब्ध गराएको छ ।

सहायक वन अधिकृत बाबुराम उप्रेतीले मृतक बालकको घरमा पुगेर बुबा राजु नेपालीलाई उक्त रकम प्रदान गरे ।

पछिल्लो केही वर्षयता चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेकाले साँझ बिहानको समयमा सतकर्ता अपनाउन उप्रेतीले आग्रह गरे ।

प्रकाशित: Dec 31, 2019| 02:49 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।