मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सञ्‍चारमन्त्रीले भने– फेसबुकलाई मूलधारको मिडिया नसम्‍झनुस्

सञ्‍चारमन्त्रीले भने– फेसबुकलाई मूलधारको मिडिया नसम्‍झनुस्

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधि विधेयक पारित भए अभिव्यक्ति स्वतन्त्रताको हनन् हुन्छ भन्नु स्याल हुइयाँ मात्रै भएको बताएका छन्।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

काठमाडौं– सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधि विधेयक पारित भए अभिव्यक्ति स्वतन्त्रताको हनन् हुन्छ भन्नु स्याल हुइयाँ मात्रै भएको बताएका छन्।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति बैठकमा विधेयकबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले विधेयकबाट नतर्सिन आग्रह गरे । उनले भने,‘यो विधेयक पास भएमा अभिव्यक्ति स्वतन्त्रता गुम्छ भन्नु विरोधीहरुको स्याल हुइयाँमात्र हो । यसबाट कसैको पनि अभिव्यक्ति स्वतन्त्रता हनन् हुँदैन।’

विधेयकले सामाजिक सञ्जाल नेपालमा पनि दर्ता हुनुपर्ने प्रावधान ल्याएको भन्दै बाँस्कोटाले यसबाट राज्यले कर पाउने बताए । ‘सामाजिक सञ्जाल दर्ता भएर सञ्चालन भएमा उसले तिरेको करबाट नेपालको अर्थतन्त्रमा राम्रो योगदान पुग्छ । नेपालको वार्षिक बजेटको झन्डै १० प्रतिशत रकम फेसबुकले लगिरहेको छ,’ उनले दाबी गरे। फेसबुकलाई मूलधारको मिडिया नसम्झन सांसदहरुलाई आग्रह गर्दै मन्त्री बाँस्कोटाले भने, ‘यो त व्यक्तिगत सञ्चारको लागि बनाइएको माध्यममात्र हो ।’

समितिको आइतबारको बैठकले सूचना–प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। अब यो विधेयक संसदमा जानेछ र संसदबाट पारित भएमा कानुनको रुपमा लागू हुनेछ ।

विधेयकअनुसार अब फेसबुक, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम लगायत सामाजिक सञ्जाल सूचना तथा प्रसारण विभागमा अनिवार्य दर्ता हुनुपर्नेछ । उनीहरु विभागमा दर्ता नभएमा नेपालमा चल्नेछैनन् । सो विधेयकले सामाजिक सञ्जाल चलाउन चाहने व्यक्तिले पनि विभागमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसले भने विधेयकप्रति असहमति जनाउँदै आएको छ । कांग्रेसको असहमतिकै बीच विधेयक संसदीय समितिबाट पारित भएको हो। बैठकमा नेपाली कांग्रेसका बहादुर तामाङ लगायत चार जना सांसदले फरक मत राखेका थिए । लामाले बैठकमा भने, ‘अहिले बहुमतको आधारमा पेलेर विधेयक पास गर्नुभयो । पछि ऐन बनेर कार्यान्वयन हुँदा सबैले दुःख पाउँछन्।’

प्रकाशित: Dec 29, 2019| 11:42 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।