मंगलबार, भदौ २, २०८३

खैरो हिरोईनसहित ३ जना पक्राउ

कैलालीमा लागूऔषध खैरो हिरोईनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

धनगढी- कैलालीमा लागूऔषध खैरो हिरोईनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा जिल्लाको जानकी गाउँपालिका–१ को दुर्गौली सडक खण्डबाट लागूऔषध खैरो हिरोईनसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी घर भएका ४६ वर्षीय सुनिल गुप्ता, लम्कीचुहा नगरपालिका १ का ३६ वर्षीय राजु अवस्थी र लम्कीकै २१ वर्षीय असलम कुरेसी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश कार्कीले जानकारी दिए।

उनीहरुलाई २० ग्राम तीन सय २० मिलीग्राम खैरो हिरोईन लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको कार्कीले बताए।

उनीहरुको साथबाट युपी ३१के८९७२ नम्बरको भारतीय मोटरसाईकल र अस्थाई नम्बर स्टेट २–०३–लम्की–००५ प ७७२६ भएको मोटरसाईकल पनि बरामद गरिएको छ।

प्रकाशित: Dec 29, 2019| 11:18 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।