काठमाडौ– निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नेकपा (क्रान्तिकारी) का नेता सीपी गजुरेलसहित १५ जनालाई पक्राउ गरेको छ। भारतले गरेको सीमा अतिक्रमणको विरोधमा अनामनगरको हनुमानथानबाट उनीहरुलाई पक्राउ गरिएको हो।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी कौशल कुमार बुढाथोकीले गजुरेललगायत १५ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए। माइतीघरबाट जुलुस बिजुलीबजार हुँदै निषेधित क्षेत्र हनुमानथानमा पुगेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको उनले बताए।
जुलुश जबरजस्ती अघि बढेपछि प्रहरीले धरपकड गरेको हो। धरपकडका क्रममा एकजा प्रहरी निरीक्षक र एक प्रहरी सहायक निरीक्षक घाइते भएको बुढाथोकीले बताए।
गजुरेल वैद्य माओवादीको चुनावी मोर्चा देशभक्त जनगतान्त्रिक मोर्चाका अध्यक्ष समेत हुन्। पक्राउ परेकाहरुला नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा राखिएको छ।