मंगलबार, भदौ २, २०८३

स्टाफ नर्स मृत फेला

धनगढीमा एकजना स्टाफ नर्स मृत अवस्थामा भेटिएकी छन्।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

धनगढी- धनगढीमा एकजना स्टाफ नर्स मृत अवस्थामा भेटिएकी छन्।

धनगढी उपमहानगरपालिका–५ तारानगरको ऐश्वर्या स्कुल नजिकै डेरामा बस्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० की स्टाफ नर्स २० वर्षीय सुनम ऐर मृत अवस्थामा भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले तारानगरमा डेरामा बस्दै आएकी ऐर केहीबेरअघि मृत अवस्थामा भेटिएको बताए। उनले ऐर बन्द कोठाभित्र सुतेकै अवस्थामा भेटिएको बताए।

उनका अनुसार अहिले मुचुल्का उठाउने काम भइरहेकाले शव कोठामै छ । ऐर धनगढीको निसर्ग हस्पिटल र नवजीवन अस्पतालमा काम गर्दै आएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 29, 2019| 09:02 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।