काठमाडौं– प्रहरीले प्रदर्शनी मार्गस्थित बाल्मिकी क्याम्पस अगाडिबाट विप्लव समूहका दुई महिलासहित १५ जना कार्यकर्ता पक्राउ गरेको छ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार उनीहरु नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमण र वर्तमान सरकारविरुद्ध प्रदर्शनको तयारीमा थिए।
बाल्मिकी क्याम्पसबाट निस्केर प्रदर्शनीमार्गमा विरोध प्रदर्शनको तयारीमा रहेका विप्लवका कार्यकर्ताहरु क्याम्पसको गेटबाटै पक्राउ परेका हुन् ।
उनीहरुले वर्तमान सरकार र प्रधानमन्त्री विरुद्ध समेत नाराबाजी गरेका थिए।
.jpg)
.jpg)
.jpg)
.jpg)
तस्बिरहरु : दिनेश श्रेष्ठ / नेपाल समय