मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गिनिज बुक रेकर्ड होल्डर तिमिल्सिनालाई जेसिजको पुरस्कार

गिनिज बुक रेकर्ड होल्डर तिमिल्सिनालाई जेसिजको पुरस्कार

विश्वकै सबैभन्दा लामो शीर्षकको किताब लेखेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका सृजन तिमिल्सिना नेपाल जेसिजबाट सम्मानित भएका छन्।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

काठमाडौं– विश्वकै सबैभन्दा लामो शीर्षकको किताब लेखेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका सृजन तिमिल्सिना नेपाल जेसिजबाट सम्मानित भएका छन्।

चितवनको रत्ननगरमा आयोजित नेपाल जेसिजको ४६ औं वार्षिकोत्सवमा तिमिल्सिना ‘आउटस्टान्डिङ युथ अफ नेसन’ पुरस्कारबाट सम्मानित भएका हुन्। तिमिल्सिनाले स्वर्ण पदक, प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गरेका छन्।

तिमिल्सिनालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कार प्रदान गरेका थिए।

पुरस्कार ग्रहण गरेपछि तिमिल्सिनाले देशका युवा र राष्ट्रका लागि केही गर्न आफूलाई प्रेरणा मिलेको र नयाँ खोज तथा अनुसन्धानमा आफू लागिपर्ने बताए।

सृजनले १ हजार ८ सय ९ शब्द र ११ हजार २ सय ८४ क्यारेक्टरको शीर्षकमा पुस्तक लेखेर विश्व कीर्तिमान बनाएका हुन्। ५० पृष्ठको पुस्तकको उपशीर्षक भने ‘द ब्रेन’ रहेको छ।

सृजनले मस्तिष्कको विकासका बारेमा पुस्तक लेखेका हुन्। ८ कक्षामा पढ्दादेखि नै आफूले किताब लेख्न सुरु गरेको सृजनले बताए। हाल उनी एमबीबीएस चौथो वर्षका विद्यार्थी हुन्।

प्रकाशित: Dec 29, 2019| 07:07 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।