मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धुर्मुस–सुन्तलीले बनाउन लागेको रंगशालामा २ सय प्रहरी खटिए

धुर्मुस–सुन्तलीले बनाउन लागेको रंगशालामा २ सय प्रहरी खटिए

भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चितवन प्रहरीले श्रमदान सुरु गरेको छ।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

चितवन- भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चितवन प्रहरीले श्रमदान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान दुई सय जना प्रहरीले रङ्गशाला निर्माणमा श्रमदान गरेका थिए। श्रमदान गर्न जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लको नेतृत्वमा त्यहाँ टोली पुगेको थियो।

'प्रहरीले गर्न सक्ने काम गर्ने गरेका छौँ,' प्रहरी उपरीक्षक मल्लले भने, 'रङ्गशाला निर्माण सम्पन्न नभएसम्म श्रमदान जारी रहने छ। रङ्गशाला निर्माणको काममा सकेको सहयोग गर्न तयार छौँ।'

प्रहरी टोलीले मुख्य कालोपत्रको ‘स्वेलिङ’का लागि ढुङ्गा भर्ने काम गरिरहेको छ। रङ्गशालामा बन्ने सबैभन्दा ठूलो रङ्गशाला र कालोपत्र रहने ठाउँको काम भइरहेको छ।

कमलको फूलको आकृतिमा बन्ने रङ्गशालाको ‘स्वेलिङ’को काम सकिएर डिपिसीको काम भइरहेको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए। कट्टेलका अनुसार निर्माणमा खर्चको अधारमा रकम सङ्कलन गर्न सकिएको छैन। रासस

प्रकाशित: Dec 29, 2019| 06:29 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।