मंगलबार, भदौ २, २०८३

पेचिलो बन्दै सभामुख चयन, सचिवालय बैठक अनिर्णित

सभामुखको उम्मेदवार छान्न बसेको सत्तारुढ नेकपाको सचिवालय बैठक अनिर्णित बनेको छ । नेताहरुबीच सभामुखको उम्मेदवारका विषयमा
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

काठमाडौं- सभामुखको उम्मेदवार छान्न बसेको सत्तारुढ नेकपाको सचिवालय बैठक अनिर्णित बनेको छ। नेताहरुबीच सभामुखको उम्मेदवारका विषयमा सहमति हुन नसक्दा सचिवालय बैठक अनिर्णित बनेको हो ।

बैठकमा सभामुखका लागि सुवासचन्द्र नेम्वाङ, देव गुरुङ, अग्नि सापकोटा, शिवमाया तुम्बाहाम्फे लगायत नाममा छलफल भए पनि कुनै सहमति हुन नसकेको स्रोतले जनाएको छ।

तर, बैठकपछि महासचिव विष्णु पौडेलले भने समय अभावका कारण सभामुखका विषयमा छलफल हुन नसकेको दाबी गरे । उनले छिटै बस्ने अर्को बैठकले यसबारे थप छलफल र आवश्यक निर्णय गर्ने जानकारी दिए ।

सभामुख चयनको विषय सत्तारुढ नेकपामा पेचिलो बनेको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अलगअलग ब्यक्तिलाई सभामुख बनाउन चाहेका छन् ।

ओली नेम्वाङका पक्षमा छन् भने प्रचण्ड पूर्व माओवादीबाटै सभामुख बनाउनुपर्ने अडानमा रहेको स्रोतको दाबी छ ।

दुई अध्यक्षसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सभामुख चयनमा चासो राख्दै आएकी छन् ।

बिहीबार बेलुका राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग सभामुख चयनबारे चासो राखेकी थिइन् । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीले नेम्वाङलाई सभामुख बनाउनु पर्ने प्रस्ताव गरेकाे बताइएकाे छ। तर राष्ट्रपति भण्डारीले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई नै सभामुख बनाउनु पर्ने बताएको स्रोतको दाबी छ ।

नेकपाले सभामुखमा सहमति जुटाउन नसकेकै कारण पुस ११ गतेको प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गरिएकाे थियो ।

संसदको चालू अधिवेशनमा सभामुख चयन नै पहिलो प्राथमिकतामा परे पनि सत्ता पक्षले सभामुखको उम्मेदवार छान्न नसक्दा सभामुख निर्वाचन प्रक्रिया धकेलिँदै आएको छ ।

प्रकाशित: Dec 29, 2019| 06:05 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।