मंगलबार, भदौ २, २०८३

बुद्धले खाएको ‘सुजता खीर’ होटलको मेनुमा राखिँदै

भैरहवामा रहेको होटल पौवाले खानापछिको परिकार डिजर्टमा ‘सुजता खीर’लाई ब्रान्डको रुपमा विकास गर्ने भएको छ ।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

भैरहवा– भैरहवामा रहेको होटल पौवाले खानापछिको परिकार डिजर्टमा ‘सुजता खीर’लाई ब्रान्डको रुपमा विकास गर्ने भएको छ । होटल पौवा प्रालिका प्रबन्ध निर्देशक विष्णु प्रसाद ज्ञवालीले पौवा होटलको डिजर्टमा अंग्रेजी नयाँ वर्षको शुरुवातसँगै सुजता खीर राख्न थालिएको बताए ।

सुजता खीरलाई प्रदेश ५ सरकारले नै आफ्नो ब्रान्ड खानाको रुपमा विकास गर्ने अभियान शुरु गरेको छ । प्रदेश सरकारको अभियानलाई साथ दिँदै पौवा ग्रुपले यस्तो गरेको ज्ञवालीले बताए । बुद्धले ध्यान गर्दा धेरै दिन निराहार बस्दा शरीर कमजोर भएको अवस्थामा एक जना सुजता नामक युवतीले खीर खान दिएको र उक्त खीर खाएकै दिन उनले बुद्धत्व प्राप्त गरेको बुद्ध जातकमा उल्लेख छ । यसैले सुजता खीरलाई बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा ब्रान्डको रुपमा विकास गर्ने प्रदेश सरकारको भनाइ छ ।

पौवा समूहका देशैभरका होटलमा विदेशी पर्यटकलाई १० प्रतिशत नेपाल भ्रमण बर्ष २०२० अवधिभर छुट दिने प्रबन्ध निर्देशक ज्ञवालीले बताए । भ्रमण वर्ष अवधिभर २० प्रकारका रैथाने खानाका परिकार खुवाउने तयारी पनि गरेको होटलका प्रबन्धक विष्णु भण्डारीले बताए ।

१० वर्षमा देशभरमा १०० वटा शाखासहितको योजना लिएर अगाडि बढेको पौवा ग्रुप नेपालमा छोटो समयमा होटल व्यवस्थापनमा सफल देखिएको छ । उक्त समूहको रुपन्देहीको भैरहवा र बुटवल, दाङको भालुवाङ, कपिलवस्तुको गोरुसिङे, कर्णालीको जुम्लामामा होटल सञ्चालनमा छन् ।

पाल्पाको तानसेन, गुल्मीको रेसुंगामा होटल निर्माण प्रक्रियामा रहेको छ भने चालू आर्थिक वर्षमा अत्तरीयामा पनि सेवा सुरु गर्ने लक्ष्य समूहले लिएको छ । कर्णालीको चिसापानी, पोखरा, काठमाडौ, जनकपुर र बर्दिवासमा पनि पौवा समूहले होटल खोल्ने तयारी गरेको छ ।

प्रकाशित: Dec 29, 2019| 04:24 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।