मंगलबार, भदौ २, २०८३

चिसोका कारण सिरहाका विद्यालयमा पाँच दिन बिदा

विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आज (आइतबार) देखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६


लहान । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आज (आइतबार) देखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ।

नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए। वर्षे बिदाबाट कटौती हुनेगरी नगरभरिका विद्यालयमा बिदा दिइएको शिक्षा शाखा प्रमुख लामाले बताए ।

यस्तै अत्यधिक चिसो बढेपछि स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहले ठाउँठाउँमा सर्वसधारणका लागि आगो ताप्न दाउरा बाल्नुका साथै न्यानो लुगा कम्बल, सिरकलगायतका सामग्री वितरण गर्दै आएका छन् । बाक्लो हुस्सु र शीतलहरका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ भने चिसोेबाट बिरामी भएकाहरुको स्वास्थ्य संस्थामा चाप बढ्दै गएको छ ।

रासस

प्रकाशित: Dec 29, 2019| 04:17 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।