मंगलबार, भदौ २, २०८३

विप्लव समूहकी केन्द्रीय सदस्य उमा भुजेल पक्राउ

गोरखा जेल ब्रेकबाट चर्चित बनेकी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य उमा भुजेल पक्राउ परेकी छिन् ।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

सुनसरी– गोरखा जेल ब्रेकबाट चर्चित बनेकी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य उमा भुजेल पक्राउ परेकी छिन् ।

उनलाई प्रहरीले सुनसरीको भरौलबाट पक्राउ गरेको हो । मेची–कोसी ब्युरो इन्चार्जसमेत रहेकी भुजेललाई पक्राउ गर्न प्रदेश १ प्रहरी र विशेष ब्युरोको संयुक्त टोली खटिएको थियो । उनीसँगै उनका सहयोगी सुमनसि‌ंह पौडेल पनि पक्राउ परेका छन् ।

उनको साथबाट नेकपासम्बन्धी महत्वपूर्ण कागजातसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

भुजेल गोरखा जेल ब्रेकबाट चर्चित बनेकी हुन् । माओवादी द्वन्द्वको समयमा उनी नेतृत्वको टोलीले १७ चैत ०५७ मा गोरखा जेल ब्रेक गरेको थियो ।

पक्राउ परेकी भुजेल अन्तरिम व्यवस्थापिकामा सांसद समेत थिइन् ।

प्रकाशित: Dec 29, 2019| 03:44 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।