मंगलबार, भदौ २, २०८३

धमाधम तीनमहिने नियुक्ति बाँड्दै त्रिविका उपकुलपति

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले त्रिवि ऐनविपरीत विभिन्न विभाग र क्याम्पसमा तीनमहिने नियुक्ति गर्न थालेका छन्।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले त्रिवि ऐनविपरीत विभिन्न विभाग र क्याम्पसमा तीनमहिने नियुक्ति गर्न थालेका छन्।

उपकुलपति नियुक्त भएको दुई महिनाभित्रै उनले ६ भन्दा बढी पदमा नियुक्ति गरिसकेका छन्।

बाँस्कोटाले पदाधिकारीदेखि विभिन्न नियुक्तिमा भागबन्डालाई निरन्तरता दिएका छन्। भागबन्डाकै आधारमा शुक्रबार प्राध्यापक डा पेशल दाहाललाई रजिस्ट्रार नियुक्त गरिएको छ।

उपकुलपति बाँस्कोटाको सिफारिसमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाललाई नियुक्त गरेका हुन् । उनले शुक्रबारै पदबहाली गरेका छन्।

त्रिवि ऐनमा उपकुलपतिले रजिस्ट्रारका लागि सम्भावितहरूको नाम कुलपतिसमक्ष सिफारिस गर्ने र तीमध्ये एक जनालाई नियुक्ति दिने प्रावधान छ।

बाँस्कोटाले रजिस्ट्रारका लागि दाहाल, व्यवस्थापन संकायका डिन डिल्लीराज शर्मा र उच्चशिक्षा परियोजनाका पूर्वसंयोजक शंकर भण्डारीको नाम सिफारिस गरेका थिए।

बाँस्कोटाले पोखरास्थित वन विज्ञान क्याम्पसको प्रमुखमा रामप्रसाद शर्मा र मानविकी संकायको सहायक डिनमा ताराप्रसाद भुसाललाई नियुक्त गरेका छन् । यी दुवै जनालाई तीनमहिने नियुक्ति दिइएको हो । उक्त नियुक्तिमा डिन कार्यालय र प्राध्यापकले असन्तुष्टि जनाउँदै आएका छन्।

दुई विभाग र क्याम्पसमा पनि त्रिवि कार्यकारी परिषद्को निर्णयबिनै यस्तै नियुक्ति दिइसकिएको उपकुलपति कार्यालय निकट स्रोतले जनाएको छ । ललितकला विभागमा संगीता प्रधानलाई नियुक्ति दिइएको छ। कान्तिपुरबाट

प्रकाशित: Dec 29, 2019| 02:11 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।