काठमाडौं- ललितपुर महानगरपालिका–३ सानेपास्थित कबाडी कारखानामा भीषण आगलागी भएको छ ।
शनिबार बेलुकी करीब ८ः१५ बजेतिर लागेको आगो नियन्त्रणका लागि काठमाडौँ, भक्तपुर, ललितपुरका छ दमकल, केही पानीट्याङ्कर प्रयोग गरिएको थियो ।
आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी सक्रियतामा करिब ४ घण्टापछि राति १२ बजे तिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति भएको छैन भने करोड बढिको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।