मंगलबार, भदौ २, २०८३

पोखराको हिमागृह पनि यतीलाई दिन चलखेल

नेपाल ट्रस्टको स्वामित्वमा रहेको पोखराको हिमागृह पनि यती होल्डिङ्स प्रालिलाई दिन चलखेल सुरु भएको छ।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

काठमाडौं– राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई पहिलो पृष्ठमा प्रकाशित गरेका छन्।

नागरिक दैनिकले ‘हिमागृहमा पनि यतीका आँखा’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ। “नेपाल ट्रस्टको स्वामित्वमा रहेको पोखराको हिमागृह पनि यती होल्डिङ्स प्रालिलाई दिन चलखेल सुरु भएको छ। पूर्वराजपरिवारको नामबाट ट्रस्टको स्वामित्वमा आएको पोखरा फेवाताल किनारमै अवस्थित १० रोपनी चार आना क्षेत्रफलमा फैलिएको हिमागृह र त्यसले चर्चेको जग्गा रिसोर्ट बनाउन यतीलाई दिन चलखेल भइरहेको स्रोतको दाबी छ,” नागरिकले लेखेको छ।

यस्तै, नागरिकले जग्गा नपाउँदा पोखराका १२ योजना अलपत्र परेको समाचारलाई पनि पहिलो पृष्ठमै स्थान दिएको छ।

कान्तिपुर दैनिकले ‘मालिक खोज्दै किसान काठमाडौंमा’ शीर्षकको समाचारलाई महत्त्वका साथ पहिलो पृष्ठमा प्रकाशित गरेको छ।

नयाँ पत्रिका दैनिकले भने ‘नागरिककै हैसियतमा कँडेलसँग भारतीय प्यान कार्ड’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ। नयाँ पत्रिकाले ‘यतीलाई गोकर्ण दिने निर्णयको प्रतिरक्षामा उत्रिए प्रधानमन्त्री शीर्षकको समाचार पनि पहिलो पृष्ठमै प्रकाशित गरेको छ। सोही विषयलाई कान्तिपुरले पनि पहिलो पृष्ठमै स्थान दिएको छ।

अन्नपूर्ण पोस्ट दैनिकले ‘एमसीसीमा नेपाल लचिलो’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ। “सत्तारुढ नेकपाले विकास र सहयोगसम्बन्धी अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोेरेसन (एमसीसी)सँगको सम्झौता संसद्बाट अनुमोदन गर्ने संकेत गरेको छ। स्थायी समिति बैठकपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले केन्द्रीय नेतालाई जारी गरेको गोप्य ‘अन्तरपार्टी निर्देशन–३’मा एमसीसीप्रति पार्टी लचक देखिएको छ,” अन्नपूर्णले लेखेको छ।

यस्तै, अन्नपूर्णले ‘कांग्रेसमा टुट्दै संवाद’ र ‘सुस्तायो अर्थतन्त्र’ शीर्षकको समाचार पनि पहिलो पृष्ठमै प्रकाशित गरेको छ।

प्रकाशित: Dec 29, 2019| 01:57 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।