मंगलबार, भदौ २, २०८३

प्रहरीलाई घुस दिन खोज्दा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शान्ति सुरक्षाको काममा खटिएका प्रहरीलाई घुस दिन खोजेको अभियोगमा वीरगन्ज महानगरपालिका २ छपकैयाका अम्बेया खातुनलाई पक्राउ गरेको छ।
 |  शनिबार, पुस १२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १२, २०७६

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शान्ति सुरक्षाको काममा खटिएका प्रहरीलाई घुस दिन खोजेको अभियोगमा वीरगन्ज महानगरपालिका २ छपकैयाका अम्बेया खातुनलाई पक्राउ गरेको छ।

वीरगन्जबाट हेटौडा जाँदै गरेको भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ता कपडा नियन्त्रणमा लिए पश्चात् ती सामान छुटाइदिन भन्दै खातुनले प्रहरीलाई रु २८ हजार घुस दिन खोजेको आरोप लागेको छ।

खातुनले इलाका प्रहरी कार्यालय जीतपुर, बाराका कर्मचारीलाई घुस दिन खाजेको आयोगले आज जनाएको छ। आयोगले घुस रकम सहित खातुनलाई पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। आरोपी खातुनको अनुसन्धान जारी रहेको छ। रासस

प्रकाशित: Dec 28, 2019| 12:21 शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।