मंगलबार, भदौ २, २०८३

टिप्परसँग स्कुटी ठोक्किँदा एकको मृत्यु

टिप्परसँग स्कुटी ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
 |  शनिबार, पुस १२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १२, २०७६

बुटवल- टिप्परसँग स्कुटी ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

शनिबार सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकखण्डमा टिपरसँग स्कुटी ठोक्किँदा बुटवल उपमहानगरपालिका–१३ का २५ वर्षीय सिद्धान्त थापाको मृत्यु भएको हो।

दोभान सिद्धबाबा खण्डमा पाल्पाबाट चुनढुंगा बोकेर बुटवलतर्फ जाँदै गरेको लु २ ख १७६३ नम्बरको टिपरमा लु १९ प २८०३ नम्बरको स्कुटी ठोक्किएको प्रहरीले जनाएको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान गर्न प्रहरी निरीक्षक भीमबहादुर कार्कीको कमाण्डमा टोली घटनास्थलमा खटिएको छ।

प्रकाशित: Dec 28, 2019| 12:14 शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।