मंगलबार, भदौ २, २०८३

सरकारका कारण लोकतन्त्र संकटमा: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि संकट आएको बताएका छन्।
 |  शनिबार, पुस १२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १२, २०७६

जनकपुरधाम– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि संकट आएको बताएका छन्।

धनुषाको सबैलामा शनिबार कांग्रेसका दिवंगत नेता बलराम नायकको श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले लोकतन्त्रमाथि संकट देखिएकोले पार्टी एकजुट हुनुको विकल्प नरहेको भने।

‘केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले प्रजातन्त्रमाथि आक्रमण गरेको छ, संघीयता मास्न खोजेको छ,’ देउवाले भने,’ ‘यस्तो अवस्थामा लोकतन्त्र बचाउन पनि कांग्रेस एकजुट हुनु जरुरी छ।’

कम्युनिस्ट सरकारले आयोगहरुको नियुक्तिमा एकलौटी गरेको देउवाले आरोप लगाएका छन्। उनले वर्तमान सरकारले संवैधानिक आयोगहरुलाईे शाही आयोग जस्तो बनाउन थालेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख रहेको आरोप लगाए।

सरकारले सबै अधिकार सिंहदरबारमा राखेर आमनागरिकको लोकतान्त्रिक अधिकार खोस्न थालेको उनको भनाइ छ।

‘मधेशी जनतालाई सुन्नै नसक्ने ओली सरकारविरुद्ध एकजुट भएर अगाडि बढ्नुपर्ने बेला आएको छ,’ उनले भने।

सभालाई कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, फरमुल्ला मंसुर, महेन्द्र यादव, रामकृष्ण यादवलगयातका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित: Dec 28, 2019| 11:38 शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।