मंगलबार, भदौ २, २०८३

गोकर्ण लिज प्रकरणमा प्रधानमन्त्रीले गरे बचाउ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ट्रस्टको गोकर्णको जग्गा भाडा प्रकरणमा सरकारको बचाउ गरेका छन्।
 |  शनिबार, पुस १२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १२, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ट्रस्टको गोकर्णको जग्गा भाडा प्रकरणमा सरकारको बचाउ गरेका छन्।

उनले यो सरकारले बैधानिक रुपमै यति समूहलाई नेपाल ट्रस्टको जग्गा दिइएको बरु अघिल्ला सरकारहरुका पालामा बदमासी भएको दाबी गरेका हुन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेकपा निकट पत्रकारहरुको संस्था प्रेस संगठनको नवगठित कार्य समिति पदाधिकारी तथा सदस्य एवम् जिल्लाका संयोजक एवम् सहसंयोजकको सपथ ग्रहण समारोहमा यस्तो दाबी गरेका हुन्।

पार्टी निकट पत्रकारहरुको भेलामा प्रधानमन्त्री ओलीले यति होल्डिङ्सलाई जग्गा भाडामा दिइएको विषयमा अनावश्यक कुराहरु लेखिएको भन्दै त्यस्तो आफ्नो सरकारले नगरेको जिकिर गरे।

उनले आफूले नेतृत्व गरेको वर्तमान सरकार घुसखोर र कमिशन खोर नभएको दाबी गर्दै बरु अघिल्ला सरकारले कमिशनमा यसरी भाडामा दिने गरेको बताए।

ओलीले नेपाल ट्रस्टको जग्गा भाडा प्रकरणमा त्रुटी भएको भए छानबिन गर्नेसमेत बताए।

ओलीले सगरमाथा आरक्षणको जग्गा अघिल्लो सरकारले यति होल्डिङ्ग्सलाई दिएको बताए।

साथै गोकर्णकै जग्गा पनि यसअघि हचुवाको भरमा दिइएको र यसपटक नियम कानुनअनुसार दिइएको बताए।

यद्यपि यसअघि हचुवाका भरमा दिइएकाले यो सरकारले कसैलाई कारबाही वा कसैमाथि छानबिन गर्न लागेको वा गरेको बारे भने केही बोलेनन्।

प्रकाशित: Dec 28, 2019| 09:45 शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।