मंगलबार, भदौ २, २०८३

जेसिजको अध्यक्षमा अशोक निर्वाचित

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शंकर निर्वाचित भएका छन्।
 |  शनिबार, पुस १२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १२, २०७६

चितवन– नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शंकर निर्वाचित भएका छन्।

चितवनको रत्ननगरमा सम्पन्न ४६ औं महाधिवेशनबाट सन् २०२० का लागि उनी निर्वाचित भएका हुन्।

पथरी जेसिज मोरङका पूर्वअध्यक्ष शंकरले ५५२ मत प्राप्त गरे। अध्यक्ष पदका अर्का प्रत्यासी अरुणेश्वर खनालले ५२७ र विकास मानन्धरले ४८७ मत मात्रै ल्याएका छन्।

कुल एक हजार ७१० मतमध्ये एक हजार ५६५ मत खसेको थियो।

कार्यकारिणी उपाध्यक्षमा विजय गुरुङ, लालमणि भण्डारी, गोकुल सापकोटा र शोभा खरेल निर्वाचित भएका छन्। चार कार्यकारिणी उपाध्यक्षका लागि नौ जनाको प्रतिस्पर्धामा उत्रिएका थिए।

उपाध्यक्षमा कृष्ण सापकोटा ८५९, कञ्चन झा एक हजार १०८, रमा प्याकुरेल एक हजार २७०, रामबहादुर बोगटी एक हजार २६३ मत, अनवर हुसेन ८९०, गणेशबहादुर साउद ९४२, धीरज शाही एक हजार १००, राकेश गुरुङ एक हजार २१५, शिवप्रसाद भुसाल एक हजार ५६, मन्जु शाह ठकुरी एक हजार ७८, विशाल थापा एक हजार २२ र गोविन्द पङ्गेनी ८२० मतका साथ विजयी भए।

बाह्र उपाध्यक्षका लागि १७ जनाको उम्मेदवारी परेको थियो।

महासचिवमा टेकराज रेग्मी, कोषाध्यक्षमा विमल रिमाल र कानुनी सल्लाहकारमा राजेन्द्र घिमिरे मनोनित भएका छन्।

नेपाल जेसिसको ७७ जिल्लामा १५० शाखा छ।

रासस

प्रकाशित: Dec 28, 2019| 09:42 शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।