मंगलबार, भदौ २, २०८३

कुलमान घिसिङले गरे आँखा दान

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दानको घोषणा गरेका छन्।
 |  शनिबार, पुस १२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १२, २०७६

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दानको घोषणा गरेका छन्।

मरणोपरान्त आँखाको नानी दान गर्नेहरुको सम्झना र सम्मानमा शनिबार तिलगंगा आँखा अस्पतालमा गरिएको सामूहिक श्रद्धाञ्जली–सभामा उनले आँखा दान गर्ने प्रतिबद्धता जनाएका हुन्।

आँखासम्बन्धी उपचारमा नेपाल आत्मनिर्भर भएकोमा खुसी व्यक्त गर्दै घिसिङले बत्तीको उज्यालो देख्न पनि आँखाको आवश्यक पर्ने बताए।

आँखा नभई संसार देख्न नसकिने भन्दै घिसिङले नेपालले लेन्स निर्यात गरेको देख्दा खुसी लागेको सुनाए।

कार्यक्रममा ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादवले ट्रमा सेन्टरमा ब्रेनडेथ भएका धेरै बिरामीहरु आउने बताउँदै अंग दान दिएका अरु व्यक्तिले नयाँ जीवन पाउन सक्ने बताए।

त्यसका लागि अंग दान गर्न उनले आग्रह गरे। देशका सातवटै प्रदेशमा डोनेसन सेन्टर बनाइनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा नेपाल आँखा बैंकको अक्षय कोष स्थापना गरिएको थियो। जसमा विभिन्न व्यक्तिहरुले सहयोग गरेका थिए।

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले धेरै मानिसहरुमा देखिएको आँखा दानप्रतिको सकारात्मक सोचको कारणले आँखाको नानी प्रत्यारोपण गरी पुनःदृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर हुँदै गएको बताइन्।

कार्यक्रममा हालसम्म ७५ हजारभन्दा बढी दाताले मरणोपरान्त आँखाको नानी दान गर्ने प्रण गरिसकेको र झण्डै १५ हजार जनाले आँखाको नानी दानबाट प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेको जानकारी दिइयो।

प्रकाशित: Dec 28, 2019| 09:11 शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।