मंगलबार, भदौ २, २०८३

घोडाले लात्ती हान्दा बालकको ज्यान गयो

सल्यानमा घोडाले लात्ती हान्दा एक बालकको ज्यान गएको छ।
 |  शनिबार, पुस १२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १२, २०७६

काठमाडौं– सल्यानमा घोडाले लात्ती हान्दा एक बालकको ज्यान गएको छ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१ खहरेखोलाका ८ वर्षीय राजु बुढाको ज्यान गएको हो।

शुक्रबार साँझ घोडाको प्रहारबाट घाइते भएका बुढाको उपचारको क्रममा मेहलकुना अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ। छिमेकीको घरबाट खेलेर फर्किने क्रममा चरिरहेका घोडाले उनलाई लात्ती हानेको थियो।

मृतक बुढा उज्ज्वल स्टार बोडिङ स्कुल, सल्लीबजारमा कक्षा ३ मा पढ्दै आइरहेका थिए।

उनको शव परीक्षणका लागि जिल्ला अस्पताल, सल्यानमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 28, 2019| 08:01 शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।