आइतबार, कात्तिक १, २०८३

विप्लवका दुई इन्चार्जसहित चार पक्राउ

प्रतिबन्धित विप्लव नेतृत्वका दुई इन्चार्जसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, पुस १२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १२, २०७६

बिराटनगर - प्रतिबन्धित विप्लव नेतृत्वका दुई इन्चार्जसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेची-कोसी इन्चार्ज उमा भूजेल, मोरङ इन्चार्ज नरेश चौलागाइँ, मेची-कोसी ब्यूरो कार्यालय सचिव सुमन सिंह र क्षितिज पौडेल रहेका छन्। सिंह र भूजेललाई शनिबार बिहान प्रहरीले सुनसरीको चक्रघट्टिबाट पक्राउ गरेको हो भने चौंलागाई र पौडेललाई शुक्रबार सोमबारे हाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विप्लव समूहकै पाँच जनाले भने आत्मसमर्पण गरेका छन्। उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 28, 2019| 05:51 शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।