मंगलबार, भदौ २, २०८३

अकुपाई टुँडिखेल अभियानमा प्रहरी हस्तक्षेप

अकुपाई टुँडिखेल अभियानमा प्रहरी हस्तक्षेप गरेको छ। सार्वजनिक सम्पत्तिको रुपमा रहेको टुँडिखेललाई जोगाउन भन्दै सुरु गरिएको अकुपाई टुँडिखेल अभियान अन्तर्गत शनिबार खुलामञ्च सिंगार्ने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो।
 |  शनिबार, पुस १२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १२, २०७६

काठमाडौं - अकुपाई टुँडिखेल अभियानमा प्रहरी हस्तक्षेप गरेको छ। सार्वजनिक सम्पत्तिको रुपमा रहेको टुँडिखेललाई जोगाउन भन्दै सुरु गरिएको अकुपाई टुँडिखेल अभियान अन्तर्गत शनिबार खुलामञ्च सिंगार्ने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो।

अभियानमा सहभागी अभियन्तालाई प्रहरीले माथिको आदेश भन्दै रंगरोगन नगर्न निर्देशन दिएको र गरेमा बल प्रयोग गर्ने चेतावनी दिएको थियो। यस विषयमा प्रहरी र अभियन्ताबीच विवाद चलिरहेको छ। अभियानअन्तर्गत शनिबार टुँडिखेलभित्र रंगिचंगी आकृतिहरु बनाइ रचनात्मक ढंगले विरोध गर्ने कार्यक्रम तय भएको थियो।

प्रहरीले गरेको अवरोधको कलाकार, अभियानकर्मी र अभियानका समर्थकहरूले विरोध जनाएका छन्।

अकुपाई टुँडिखेलको अभियानअन्तर्गत यसअघि टुँडिखेलमा मानव साङ्लो बनाउनेदेखि खरीका बोट पनि राेपिएका थिए।

टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो। तर, अहिले टुँडिखेलको सानो हिस्सा खुलामञ्च सर्वसाधारणको पहुँचमा छ। त्यो पनि अतिक्रमण भएको छ। कतिपय हिस्सा सरकारी निकायकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनेको छ।

 

प्रकाशित: Dec 28, 2019| 05:07 शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।