मंगलबार, भदौ २, २०८३

भ्रमण वर्षलाई सघाउन मेची–महाकाली पैदल यात्रा

सरकारले घोषणा गरेको महत्वाकांक्षी अभियान नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन भन्दै झापाका दुई युवा मेची–महाकाली यात्रामा निस्केका छन्।
 |  शुक्रबार, पुस ११, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

काठमाडौं– सरकारले घोषणा गरेको महत्वाकांक्षी अभियान नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन भन्दै झापाका दुई युवा मेची–महाकाली यात्रामा निस्केका छन्। गएको मंसिर २० गते महाकालीको गड्डाचौकीबाट यात्रा सुरु गरेका सुरेश उप्रेती र खगेन्द्र निरौलाले झापाको काँकडभिट्टा पुगेर आफ्नो यात्रा पूरा गर्नेछन्।

सुरेशले नेपाल समयसँग भने, ‘मुलुकको आर्थिक विकासको आधार पर्यटन नै हो । नेपालको पूर्वदेखि पश्चिमसम्म बस्ने हरेक नेपालीले आ–आफ्ना स्थानका सामाजिक तथा सांस्कृतिक धरोहरहरूको संरक्षण एवम् संवर्द्धन गरी हाम्रो राष्ट्रिय पहिचानलाई जगेर्ना गर्नुपर्छ। त्यसकारण नै हामी यस यात्रामा निस्केका हौं।’

अर्का यात्री खगेन्द्रले भ्रमण वर्षलाई राष्ट्रिय उत्सवका रूपमा लिएर यसको प्रचारप्रसार युवापिँढीसम्म पुर्याएर रोजगारी सिर्जना गर्न सकिने बताए।
मेचीनगर–६ का सुरेश र दमकका खगेन्द्रले मेचीदेखि महाकालीसम्मको करिब १ हजार ३१ किलोमिटर पदयात्रा निजी खर्चमा नै गरिरहेको जनाएका छन्।

उप्रेतीले यसअघि दमकदेखि ताप्लेजुङको पाथिभरा मन्दिरसम्म ३ पटक पैदल यात्रा गरिसकेका छन् । उनले जम्मु–कस्मीरको अमनाथ यात्राको करिब ७५ किलोमिटर पैदल हिँडिसकेका छन्।

प्रकाशित: Dec 27, 2019| 12:02 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।