मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टाटा सुमो दुर्घटनाका मृतकको संख्या ५ पुग्यो, तीनजनाको सनाखत

टाटा सुमो दुर्घटनाका मृतकको संख्या ५ पुग्यो, तीनजनाको सनाखत

 |  शुक्रबार, पुस ११, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

काठमाडौं– मकवानपुरको इन्द्रसरोवरमा बिहीबार भएको टाटा सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।

मृतकमध्ये दुई तीनजनाको मात्र सनाखत भएको प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानरी दिए। उनका अनुसार ज्यान गुमाउनेमा रौतहट चन्द्रनिगाहपुरका २१ वर्षीय महेश बिक, २० वर्षीया सृजना बिक र नेत्रबहादुर बिक छन्।अन्य मृतकको सनाखत हुन नसकेको कुर्मीले जानकारी दिए। दुर्घटनामा तीन जनाको घटनास्थलमा र अन्य दुईको उपचारका लागि अस्पताल लग्दै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ।

घाईते मध्ये दुई जनाको बल्खुस्थ्ति बयोदा अस्पताल र दुई जनाको ललितपुरसिथ्त मेडिसिटी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जीप सडकबाट करिव दुई सय मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।

ना १ ज ३४३३ नम्बरको उक्त टाटा सुमो चन्द्रनिगाहपुरबाट काठमाडौतर्फ आउँदै गरेको बुझिएको छ। दुर्घटना इन्द्रसरोवर गाउँपालिका–३ ओखलडाँडामा भएको हो।

 

प्रकाशित: Dec 27, 2019| 11:22 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।