काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार पुनः डायलासिस गरिएको छ।
शिक्षण अस्पताल महाराजगंजमा ओलीको शुक्रबार नियमित डायलासिस गरिएको प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन्।
यसअघि लामो समय अस्पतालमा बसेर फर्किएका ओलीको नियमित डायलासिस गराउनुपर्ने भएको छ।
केही समयअघि धापासीस्थित ग्राण्डी अस्पतालमा डायलासिस गराउने गरेका ओलीले पछिल्ला केही हप्ता यता शिक्षण अस्पतालमै गराउने गरेका छन्।
१३ वर्ष अघि मृर्गौला प्रत्यारोपण गरेका ओलीलाई नियमित डायलासिस गराउन चिकित्सकले सुझाव दिएका छन्।
साथै केही समयमा उनको मृर्गौला पुनः प्रत्यारोपण गर्ने तयारीसमेत गरिएको छ।
प्रधानमन्त्री ओलीको गत मंसिर १० गते एपेन्डिक्सको अपरेशन गरिएको थियो।
उनको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अपरेशन गरेदेखि ओलीले शिक्षण अस्पतालमा डायलासिस गराउन थालेका छन्।