मंगलबार, भदौ २, २०८३

पाँच जनाविरुद्ध विशेषमा मुद्दा

जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा कार्यरत अहेव र सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीमा कार्यरत टाइपिस्ट नायब सुब्बाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 |  शुक्रबार, पुस ११, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

काठमाडौं - जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा कार्यरत अहेव र सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीमा कार्यरत टाइपिस्ट नायब सुब्बाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नक्कली बिल पेशगरी रकम हिनामिना गरेको अभियोगमा सिनियर अहेव मीनबहादुर बिष्ट र नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर जागिर खाएको अभियोगमा टाइपिस्ट नायब सुब्बा लक्ष्मी देवी शाहविरुद्ध शुक्रबार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।

बिष्टले हात्तीपाइले कार्यक्रम संचालनका क्रममा गाडी भाडावापत दुई लाख ३४ हजार रुपैयाँ हिनामिना गरेको अनुसन्धानका क्रममा खुलेको अख्तियारले जनाएको छ।

यस्तै शाहले शारदा माध्यमिक विद्यालय हरिपुर धादिङ मकवानपुरबाट टेष्ट उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश विस. २०४० सालमा मुखिया पदमा जागिर खाएको खुलेको अख्तियारले जनाएको छ।

यस्तै अख्तियारले इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ।

श्रेष्ठले फर्निचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट लगेको आठ हजार घुससहित झापा दमक नगरपालिका–४ ताराबारीको काठमिलबाट नियन्त्रण लिएको अख्तियारले जनाएको छ।

यस्तै यातायात व्यवस्था कार्यालय बुटवल, रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख आनन्द केशरी पोखरेल तथा तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठविरुद्ध पनि विशेषमा मुद्दा दायर गरिएको छ। ट्रायल फेल भएका व्यक्तिबाट रकम लिई सवारी चालक अनुमतिपत्र वितरण गरेको भन्ने उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरी मुद्दा दायर गरिएको हो।

प्रकाशित: Dec 27, 2019| 10:41 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।