मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेता छलफलमा व्यस्त, केन्द्रीय कार्यसमिति बैठक अन्योलमा

कांग्रेस नेता छलफलमा व्यस्त, केन्द्रीय कार्यसमिति बैठक अन्योलमा

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्ने अथवा नबस्ने विषय टुंगो लागेको छैन।
 |  शुक्रबार, पुस ११, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

काठमाडौं - नेपाली कांग्रेसका नेताहरुबीच महाधिवेशन कार्यतालिका, विभागको संख्या थप, नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल गठनका विषयमा सहमति हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक अन्योलमा परेको छ।

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्ने अथवा नबस्ने विषय टुंगो लागेको छैन।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार विवादित विषयमा सहमति जुटाउन शीर्ष नेताहरुबीच छलफल जारी छ। केही बेरमा नेताहरु पार्टी कार्यालय आएपछि बैठक बस्न सक्ने शर्माले जनाए।

बिहीबार पनि असन्तुष्ट रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवा पक्षबीच सहमति प्रयास भएको थियो।

मंसिर २६ गतेदेखि सुरु भएको कांग्रेसको केन्द्रीय समिति बैठक अवरुद्ध हुँदै आएको छ।

प्रकाशित: Dec 27, 2019| 07:23 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।