मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस केन्द्रीय समिति बैठक आज, पेलेर जाने रणनीतिमा संस्थापन पक्ष

कांग्रेस केन्द्रीय समिति बैठक आज, पेलेर जाने रणनीतिमा संस्थापन पक्ष

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) बस्दै छ।
 |  शुक्रबार, पुस ११, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) बस्दै छ।

आन्तरिक विवाद समाधानका लागि पटक–पटक स्थगित हुँदै आएको बैठक विवाद समाधानबिनै आज बस्न लागेको हो।

विवाद समाधानका लागि दुई सातादेखिको छलफलबाट सहमति नजुटेपछि संस्थापन पक्ष असन्तुष्ठ पक्षलाई पेलेरै जाने रणनीतिमा देखिएको छ।

सहमतिका नाममा पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने संस्थापन पक्षको भनाइ छ। यता असन्तुष्ठ पक्षले भने विवाद समाधान नगरी बैठकमा सहभागी नहुने जनाएको छ।

विवाद समाधानका लागि बिहीबार साँझ उपसभापति विमलेन्द्र निधि र असन्तुष्ट पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वमा हृदयराम थानी र दिलेन्द्रप्रसाद बडुबीचको वार्ता बिना निष्कर्ष टुंगिएको थियो।

प्रकाशित: Dec 27, 2019| 03:31 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।