मंगलबार, भदौ २, २०८३

संसद बैठक आज : सभामुख चयन प्रक्रिया अन्योलमा

संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज (शुक्रबार) बस्दैछ । बैठकमा सभामुख चयनको पक्रिया अगाडी बढाउने मुख्य कार्यसूची रहेको छ।
 |  शुक्रबार, पुस ११, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

काठमाडौं- संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज (शुक्रबार) बस्दैछ । बैठकमा सभामुख चयनको पक्रिया अगाडी बढाउने मुख्य कार्यसूची रहेको छ।

तर, सत्तारुढ नेकपा भित्रै आन्तरिक सहमति हुन नसकेकाले सभामुख चयन प्रक्रिया अलमलमा पर्ने देखिएको छ । उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाउने र त्यसपछि सभामुख र उपसभामुख दुबैको निर्वाचन प्रक्रिया सुरु गराउने नेकपाको तयारी थियो ।

पुस ४ गते बसेको बैठक सभामुख चयनको तयारीकै लागि भनेर एकैचोटी पुस ११ गतेका लागि डाकिएको थियो । तर, सत्तारुढ नेकपाले कुनै निर्णय नगरेको र उपसभामुखले राजीनामा पनि नगरेकाले सभामुख चयन प्रक्रिया अघि नबढ्ने संसद् सचिवालय स्रोतले जनाएको छ ।

एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने कानुनी व्यवस्था भएसँगै नेकपाले सभामुख आफ्नो दलबाट बनाउने र उपसभामुख अन्य दलबाट बनाउने तयारी थालेको छ ।

तर नेकपाभित्रै सभामुख कसलाई बनाउने भन्ने बारेमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले निर्णय गरिनसकेको नेताहरुले बताएका छन् ।

बलात्कारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १८ गते राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।

प्रकाशित: Dec 27, 2019| 03:17 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।