मंगलबार, भदौ २, २०८३

माघ २ देखि प्रदेश २ मा छोरी बिमा सप्ताह

प्रदेश २ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत छोरी बिमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो।
 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

जनकपुरधाम- प्रदेश २ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत छोरी बिमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो।

छोरी जन्मेलगत्तै उनीहरुको बिमा गरेर २० वर्ष उमेर पुगेपछि उच्च शिक्षा अध्ययन गर्न १ लाख २५ हजार रुपैयाँ दिने उद्देश्यका साथ प्रदेश सरकारले यो कार्यक्रम ल्याएको हो।

गत वर्ष फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले वीरगंजमा उद्घाटन गरेको छोरी बिमा कार्यक्रम पछिल्लो एक महिनादेखि बन्द अवस्थामा छ।

छोरी जन्मिएपछि बिमा गराउन जनकपुरस्थित मुख्यमन्त्री कार्यालय पुग्नुपर्ने बाध्यताका कारण कार्यक्रम प्रभावकारीसमेत हुन सकेको थिएन।

कर्मचारी अभाव देखाउँदै करिब एक महिनाअघि प्रदेश सरकारले छोरी बिमा कार्यक्रम तत्कालको लागि स्थगित गरेको थियो।

तर अहिले प्रदेश सरकारले कार्यक्रम प्रभावकारी बनाउन छोरी बिमा सप्ताह कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

विगतमा अपेक्षाअनुसार बिमा हुन नसकेपछि प्रदेश सरकारले २ माघदेखि प्रदेशको ८ वटै जिल्लाका प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गरी घरदैलोसम्म पुगेर बिमासहित अन्य सुविधा उपलब्ध गराउन बिमा सप्ताह कार्यक्रम सञ्चालन गर्न लागेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

२०७५ माघ १ गते यता प्रदेशमा जन्मेकी छोरीहरुको शिक्षाका लागि बिमा गर्ने सरकारले घोषणा गरे पनि अपेक्षित सफलता हासिल नभएपछि शिविर सञ्चालन गर्न लागिएको हो।

शिविरमा शिक्षा बिमाका साथै छोरीहरुको स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरणलगायतका कार्यक्रम गरिने ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमकी संयोजक प्रियंका यादवले जानकारी दिएकी छिन्।

अभियान अन्तर्गत विभिन्न कारणले बिमा गराउनबाट नसकेका छोरीहरुलाई समेट्दै पछिल्लो एक वर्षभित्र जन्मेका छोरीहरुको बिमा शतप्रतिशत पुर्याउने लक्ष्य राखिएको छ।

छोरी बिमा मुद्दति खातामार्फत् सञ्चालन भइरहेको कार्यक्रमअन्तर्गत प्रदेश सरकारले प्रति छोरीका लागि १३ हजार ६ सय र प्रभु बैंकले १ हजार रुपैयाँ योगदान दिँदै आइरहेको छ।

प्रकाशित: Dec 26, 2019| 14:19 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।