सोमबार, भदौ १, २०८३

कैलालीमा आगो बाल्दै सशस्त्र

कैलालीमा केही दिनयता अत्यधिक चीसो बढेपछि सशस्त्र प्रहरी बल ३४ गण हेड क्वाटर कैलालीले विभिन्न स्थानमा आगो बाल्ने कार्य अघि बढाएको छ। सशस्त्रले डिभिजन बन कार्यालय कैलाली र स्थानीय सामुदायिक बनसंग समन्वय गरी आगो बाल्ने कार्य थालेको जानकारी दिएको छ
 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

धनगढी - कैलालीमा केही दिनयता अत्यधिक चीसो बढेपछि सशस्त्र प्रहरी बल ३४ गण हेड क्वाटर कैलालीले विभिन्न स्थानमा आगो बाल्ने कार्य अघि बढाएको छ। सशस्त्रले डिभिजन बन कार्यालय कैलाली र स्थानीय सामुदायिक बनसंग समन्वय गरी आगो बाल्ने कार्य थालेको जानकारी दिएको छ।

कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपु, डोकेबजार, धनगढी उपमहानगरपालिका-२ भन्साररोड, डिपोबजार, आदर्श टोल र पार्वतीचोक, पुनर्वास नगरपालिका-११ डोकेबजार, गोदावरी नगरपालिका-१ गेटा रोडचोक र बसपार्कचोक, लम्की चुहा नगरपालिका-१ लम्कीचोक, बल्चौरचोक र मोतिपुरचोक, जोशिपुर गाँउपालिका-१ जोशिपुर बजार त्यसै गरी भजनी नगरपालिका-२ भजनी बजार र भन्सार रोड र टिकापुर नगरपालिका-८ को सत्तिचोक र वडा नं ९ को बालुवाटार र खकरौला गरी जम्मा १८ स्थानमा सशस्त्रले सर्वसाधारणका लागि आगो बालेको छ।

प्रकाशित: Dec 26, 2019| 11:20 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।