मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजविराज नगरपालिकाको अनौठो नीति– सुँगुर मार्नेलाई पुरस्कार

राजविराज नगरपालिकाको अनौठो नीति– सुँगुर मार्नेलाई पुरस्कार

सप्तरीको राजविराज नगरपालिकाले सडकमा सुँगुर भेटिए मार्ने नीति लिएको छ।
 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

काठमाडौं– सप्तरीको राजविराज नगरपालिकाले सडकमा सुँगुर भेटिए मार्ने नीति लिएको छ।

सडकमा देखिएका छाडा सुँगुर मारेर नगरपालिकालाई बुझाउने व्यक्तिलाई पुरस्कारको पनि व्यवस्था गरिएको राजविराज नगरपालिकाले जनाएको छ।

छाडा सुँगुरका कारण सहर फोहोर देखिएकोले यस्तो अभियान चलाइएको मेयर शम्भुप्रसाद यादवले बताए। ‘छाडा चौपायाले सहरबासीलाई निकै दुःख दियो। चौपायालाई नियन्त्रणमा लिएर पनि राख्ने गरेका छौं। अहिले पहिलो चरणमा सुँगुर मार्ने काम भइरहेको छ,’ मेयर यादवले भने, ‘एक–दुई दिनमा स्थानीयले आठवटा सुँगुर मारेर नगरपालिकालाई बुझाएका छन्। उनीहरुलाई प्रति सुँगुर ५ सय रुपैयाँ पुरस्कार पनि दिइएको छ।’

सुँगुर पाल्ने डोम समुदायलाई खोर बनाइदिने योजना नगरपालिकाले ल्याएको भए पनि उनीहरु माग गर्न नआएको मेयरले बताए। तर, यसको लागि के योजना छ भन्ने प्रश्नमा मेयरले बजेट भने छुट्याइ नसकिएको बताए ।

डोम उत्थान समाजले भने नगरपालिकाको नीतिको विरोध गरेको छ। समाजका अध्यक्ष सुतिलाल मरिकले गरिब डोमहरुको सुँगुर मारेर नगरपालिकाले अन्याय गरेको बताए। पशुपालनलाई व्यवस्थित गर्नुपर्नेमा नगरपालिकाले मार्ने नीति लिएकोमा उनले आपत्ति जनाए।

प्रकाशित: Dec 26, 2019| 11:08 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।