सोमबार, भदौ १, २०८३

घुससहित ४ जना रंगेहात पक्राउ

सेवाग्राहीबाट लिएको घुस रकमसहित ललितपुरको एक नगरपालिकाका लेखा अधिृकत र लेखापाल तथा सशस्त्र प्रहरी निरीक्षक र सहायक हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ।
 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

काठमाडौं- सेवाग्राहीबाट लिएको घुस रकमसहित ललितपुरको एक नगरपालिकाका लेखा अधिृकत र लेखापाल तथा सशस्त्र प्रहरी निरीक्षक र सहायक हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ।

लेखा अधिकृत र लेखापाल ३० हजार र सशस्त्र प्रहरीका निरीक्षक र हवलदार ६ हजार घुससहित पक्राउ परेको अख्तियारले जनाएको छ।

घुससहित पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसी र विष्णुपुरा सशस्त्र प्रहरी बेस क्याम्प रुपन्देहीका प्रमुख इन्स्पेक्टर तेज बहादुर जोरा, सहायक हल्वादर विरेन्द्रप्रसाद चौधरी छन्।

लेखा अधिकृत र लेखापालले पत्रिकामा छापिएको कार्यालयको बिज्ञापन बापतको रकम भुक्तानी गर्दा सेवाग्राहीबाट ३० हजार रकम घुस मागेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यस्तै घरायसी सामग्री ओसारपसारमा सहयोग गरिदिने भन्दै सेवाग्राहीबाट ६ हजार रुपैयाँ घुस लिँदै गर्दा गैडहवा गाउँपालिका–३ सगरहवाबाट नियन्त्रणमा लिएको रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए।

प्रकाशित: Dec 26, 2019| 11:04 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।