काठमाडौं– सरकारले सहिद गंगालाल राष्ट्रि हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. चन्द्रमणि अधिकारीलाई नियुक्त गरेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको सिफारिसमा गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. अधिकारीलाई चार वर्षका लागि केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरेको हो। मुटु रोग विशेषज्ञ अधिकारी झापाका हुन् ।