सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाले टुंगो लगाउन सकेन सभामुखको उम्मेदवार, उपसभामुखको राजीनामा भोलि

नेकपाले टुंगो लगाउन सकेन सभामुखको उम्मेदवार, उपसभामुखको राजीनामा भोलि

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अहिलेसम्म सभामुखको उम्मेदवारको टुंगो लगाउन सकेको छैन।
 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अहिलेसम्म सभामुखको उम्मेदवारको टुंगो लगाउन सकेको छैन।

आइतबार सभामुख–उपसभामुख निर्वाचनका लागि मनोनयन दर्ता गराउने कार्यतालिका छ।

शीर्ष नेताहरुबीच छलफल जारी रहेको जानकारी दिँदै नेकपा संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङले सहमति भएपछि पार्टीले छिटै निर्णय सार्वजनिक गर्ने जनाए।

सभामुखको उम्मेदवार कसलाई बनाउने र उपसभामुख कुन दललाई दिने भन्ने विषयमा नेकपाले निर्णय गर्न सकेको छैन।

यसैबीच, उपसभामुख डा.शिबमाया तुम्बाहाङफेले सभामुखको पदका लागि दाबेदारी कायमै राखेकी छिन्।

बिहीबार शीर्ष नेताहरुसँग छलफल जारी राखेकी तुम्बाहाङफेले शुक्रबार बिहान राजीनामा दिने तयारी गरेकी छिन्।

बिहीबार साँझै राजीनामा आउने भनिए पनि पार्टीका नेताहरुसँग परामर्श जारी रहेकोले शुक्रबार राजीनामा दिने तयारी भएको उपसभामुखको सचिवालयले जनाएको छ।

शुक्रबार बिहान संघीय संसद सचिवालयमा उपसभामुख तुम्बाहाङफेले राजीनामा बुझाउने छिन्।

पुस १४ गतेका लागि सभामुख तथा उपसभामुख निर्वाचनको कार्यातालिका संघीय संसद सचिवालयले तयार पारेको छ। १३ गते मनोनयन दर्ता र १४ गते मतदानको तयारी सचिवालयले गरेको हो।

प्रकाशित: Dec 26, 2019| 08:53 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।