मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनकारी वडासदस्य, जसले वर्षभरको सुविधा भत्ताबाट विपन्नलाई कम्बल दिए

मनकारी वडासदस्य, जसले वर्षभरको सुविधा भत्ताबाट विपन्नलाई कम्बल दिए

जनअपेक्षा अनुसार काम नगरेको भन्दै जनप्रतिनिधि आलोचित भइरहेका बेला कैलालीको गौरीगंगा नगरपालिका–६, वनबेहडाका एक वडा सदस्यले भने वर्षभरको सुविधा भत्ताको रकमबाट अति विपन्न परिवारलाई कम्बल वितरण गरेका छन्।
 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

धनगढी– जनअपेक्षा अनुसार काम नगरेको भन्दै जनप्रतिनिधि आलोचित भइरहेका बेला कैलालीको गौरीगंगा नगरपालिका–६, वनबेहडाका एक वडा सदस्यले भने वर्षभरको सुविधा भत्ताको रकमबाट अति विपन्न परिवारलाई कम्बल वितरण गरेका छन्।

गौरीगंगा नगरपालिका–६, वनबेहडाका वडा सदस्य टेकबहादुर कुँवरले वडाका विपन्न परिवारका ६० जनालाई दुई लाख रूपैयाँ बराबरको कम्बल वितरण गरेका हुन्।

उनीहरूलाई बुधबार आयोजित एक समारोहमा कम्बल वितरण गरियो।

वडा सदस्य कुँवरले सामाजिक दायित्वअन्तर्गत विपन्न परिवारलाई कम्बल वितरण गरेको बताए। सुविधा भत्ताको रकममा केही थपेर कम्बल किनेको उनको भनाइ छ। 

समारोहमा नेपाली कांग्रेसका सभापति नरनारायण शाह ‘मनु’ले कुँवरको कामको प्रशंसा गरे। “यसले जनप्रतिनिधिप्रति जनताको विश्वास बढाएको छ,” उनले भने।

सो अवसरमा १० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।

कुँवर नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्।

प्रकाशित: Dec 26, 2019| 06:56 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।