काठमाडौं– आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र लुम्बिनी विकास बैंकबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार लुम्बिनी विकास बैंक ‘आइएमई पे’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ।
सम्झौतापछि लुम्बिनी विकास बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमईमा रकमान्तर गर्न र ‘आइएमई पे’ मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । काठमाडौंमा हालै आयोजित कार्यक्रममा ‘आइएमई पे’ का तर्फबाट संचालक खिलेन्द्र पौडेल र लुम्बिनी विकासका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।