मंगलबार, भदौ २, २०८३

सूर्यग्रहणमा कुन राशिलाई कस्तो प्रभाव ?

ज्योतिषशास्त्र अनुसार राशिअनुसार सूर्यग्रहणको प्रभाव फरक हुन्छ।
 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

काठमाडौं– पुस कृष्ण अमावास्याको दिन आज बिहान खण्डग्रास सूर्यग्रहण लाग्दैछ।

ज्योतिषशास्त्र अनुसार राशिअनुसार सूर्यग्रहणको प्रभाव फरक हुन्छ। नेपाल पञ्चाङ निर्णायक समितिले कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरूका लागि ग्रहण हेर्नु राम्रो हुने जनाएको छ। बाँकी राशिका मानिसलाई ग्रहणले शुभ फल नदिने समितिले जनाएको छ।

मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सुख प्राप्ति, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्ति हुने समितिले जनाएको छ।

ज्योतिषी राम चन्द्र नेपालले शुभ फल मिल्ने राशि भएका मानिसले पनि सूर्यग्रहण नांगो आँखाले हेर्न नहुने बताए। ग्रहण हेर्दा चस्मा प्रयोग गर्न सकिने उनको भनाइ छ।

समितिका अनुसार सूर्यग्रहण बिहान ८ः४२ मा स्पर्श भई ११ः३१ मा समाप्त हुनेछ। सो अवधिमा खानपानलगायत केही काम निषेध गरिएको छ।

प्रकाशित: Dec 26, 2019| 02:31 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।