मंगलबार, भदौ २, २०८३

ऋणमा डुबेका गायक रामकृष्ण ढकालको पत्नीसँग 'डिभोर्स'

चर्चित गायक रामकृष्ण ढकालको पत्नी निलम शाहसँग सम्बन्ध विच्छेद भएको छ ।
 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

काठमाडौं- चर्चित गायक रामकृष्ण ढकालको पत्नी निलम शाहसँग सम्बन्ध विच्छेद भएको छ ।

पत्नी निलमले अदालतमा सम्बन्ध विच्छेद गरी पाऊँ भनी दिएको निवदेनअनुसार बुधबार यी दम्पतीको सम्बन्ध विच्छेद भएको हो ।

निलमले मंगलबार निवदेन दिएपछि बुधबार रामकृष्णले पनि आफू सम्बन्ध विच्छेद गर्न सहमत भएको अदालतलाई बताएका थिए।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार उनीहरु कानुनी रुपमा नै अलग हुन सहमत भएका हुन्। उनीहरुको छोरी आमा निलमसँगै रहने श्रेस्तेदार श्रेष्ठले बताए ।

निलमले ढकालबाट अंश नलिने अदालतसामू बताएको पनि श्रेष्ठले जानकारी दिए। लालिगुराँस सहकारीसँगको ऋणसम्बन्धि मुद्दाका कारण यो दम्पति केही समयदेखि तनावमा थियो।

घर बनाउँदा लिएको ऋणलाई लालिगुराँसले दोब्बर तेब्बर बनाएर असुल्न खोजेको भन्दै गायक ढकाल न्याय माग्दै हिडेका थिए । ऋणका कारण तनावमा रहेका उनी पत्नीसँगको डिभोर्सपछि थप तनावमा देखिएका छन् ।

उनीहरु १७ वर्षअघि विवाह बन्धनमा बाधिएका थिए ।

प्रकाशित: Dec 26, 2019| 02:14 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।